Kathmandu Press

रुसमा एकै दिन थपिए १ लाख ८३ हजार सङ्क्रमित, ६६९ को मृत्यु

मस्काे, माघ २६ : रुसमा कोरोना भाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४...
रुसमा एकै दिन थपिए १ लाख ८३ हजार सङ्क्रमित, ६६९ को मृत्यु

मस्काे, माघ २६ : रुसमा कोरोना भाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार १०३ जना नयाँ सङ्क्रमित भएका हुन्।

Hardik ivf

अघिल्लो दिन भने एक लाख ६५ हजार ६४३ जना सङ्क्रमित भएका थिए। पछिल्लो एक दिनमा कोरोनाका कारण मृतकको सङ्ख्या ६६९ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

नयाँ कुल सङ्क्रमितमध्ये २० हजार १७८ जना मात्रै अस्पताल भर्ना भएका छन्। अन्यको अवस्था भने सामन्य नै रहेकाले घरमै रहेको जनाइएको छ। सोही अवधिमा ९७ हजार १६३ जना अस्पतालबाट फर्किएका छन्।

नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि दिनप्रति दिन बढ्दै गइरहेको छ।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्