Kathmandu Press

मिलन पाण्डेद्वारा रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर 

काठमाडौं, माघ २६ : विवेकशील साझा पार्टीबाट निष्कासित भएका मिलन पाण्डेले पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आफूमाथि...
मिलन पाण्डेद्वारा रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर 

काठमाडौं, माघ २६ : विवेकशील साझा पार्टीबाट निष्कासित भएका मिलन पाण्डेले पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

आफूमाथि अवैधानिक रुपमा कारवाही गरेको भन्दै पाण्डेले मिश्रविरुद्ध सर्वोच्चमा रिट दिएका हुन्। मिश्रले पार्टीको एकिकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौताअनुसार एकता महाधिवेशन छल्ने, पार्टीको विधानविपरितका काम गरेको लगायतका गतिविधि गरको पाण्डेको आरोप छ। 

पाण्डेले अवैधानिक दस्तावेज ल्याएर आफूमाथि गरिएको कारवाहीलाई अभिलेख गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि रिट दिएका छन्। 

रिटमा उनले आफूमाथि गरिएको कारवाही बदर गर्न  र विधानअनुसार पार्टी सञ्चालन गराउन परमादेश माग गरेका छन्। 

 
 

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्