Kathmandu Press

माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ देखि २० सम्म सञ्चालन हुने

काठमाडौं, माघ २६ : माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डको आज (बुधबार) बसेको बैठकले...
माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ देखि २० सम्म सञ्चालन हुने

काठमाडौं, माघ २६ : माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको आज (बुधबार) बसेको बैठकले स्थानीय निर्वाचनको मितिसँग एसईई नजुधोस् भनेर साे निर्णय गरेको जनाएको छ।

परीक्षाको समयतालिका भने भोलि (बिहीबार) मात्र सार्वजनिक गर्ने जनाइएको छ। तालिका गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक हुने बोर्डले जनाएको छ।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्