उपत्यकामा फेरि बढे संक्रमित, आज थपिए १०१७ जना
काठमाडौं, माघ २६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ८ सय ९०, ललतिपुरमा...
काठमाडौं, माघ २६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ८ सय ९०, ललतिपुरमा १०२ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै उपत्यकामा मंगलबार कुल १३ हजार ७४४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ७ हजार ७२१, ललितपुरमा ३ हजार ५०४ र भक्तपुरमा २ हजार ५१९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मंगलबार देशभर ३० हजार २४१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१९ बजे, बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

