थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु
काठमाडौं, माघ २६ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा थप २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
काठमाडौं, माघ २६ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा थप २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घन्टाको अवधिमा ११ हजार ६०३ नमूनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ र ४ हजार ७५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ७ हजार ७७७ जना कोरोनामुक्त भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ७० हजार ४६२ र एन्टीजेनतर्फ १ लाख ३६ हजार १५५ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ। हालसम्म ११ हजार ८५२ जना संक्रमितको मृत्यु भएको छ।
बुधबार देशभर ३० हजार २४१ सक्रिय संक्रमित रहेका छन् । जसमध्य २९ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १२४ जना संस्थागत आइसोलेसनमा छन्।
संस्थागत आइसोलेसनमा रहेकामध्य २४२ जना आइसीयू र ४२ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै १३३ जना क्वारेन्टिनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि जनाएको छ ।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

