सबै नागरिकलाई चाँडै कोरोनाविरुद्ध बुस्टर डोज : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडाैं, माघ २६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिटै कोरोनाविरुद्धको बुस्टर डोज प्रदान गर्ने बर्ताएका छन्।आज (बुधबार) मन्त्रालयमा नेकपा...
काठमाडाैं, माघ २६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिटै कोरोनाविरुद्धको बुस्टर डोज प्रदान गर्ने बताएका छन्।
आज (बुधबार) मन्त्रालयमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंक्तिमा काम गर्नेलाई दिइरहेको बुस्टर डोज केही दिनभित्रै सबै नागरिकका लागि प्रदान गर्ने बताएका हुन्।
मन्त्री खतिवडाले विद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने धारणा राखे। त्यस्तै उनले कोरानाविरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने बताए।
विपन्न वर्गका लागि स्वास्थ्य उपचार निःशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुँदा प्रभावकारी हुन नसकेको उनले बताए।
अनेरास्ववियुले सरकारी र सामुदायिक अस्पतालमा बिद्यार्थी, किसान, मजदुरलगायत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निशुल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

