Kathmandu Press

मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न लोसपाको प्रस्ताव (विज्ञप्तिसहित)

काठमाडौं, माघ २६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने प्रस्ताव गरेको छ। लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले...
मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न लोसपाको प्रस्ताव (विज्ञप्तिसहित)

काठमाडौं, माघ २६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने प्रस्ताव गरेको छ। 

लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले बुधबार विज्ञप्ति जारी गर्दै मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन वैशाखमा गर्दा स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि संविधानले तोकेबमोजिम पूरा नहुने हुँदा उनीहरुलाई संविधानले दिएको अधिकारबाट वञ्चित नगराउन ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमार्फत संविधान बमोजिम विगतमा सम्पन्न भएको निर्वाचन पुनः संवैधानिक व्यवस्था अनुसार नै अगाडि बढ्ने विषयलाई इन्कार गर्न नसकिने बताइएको छ। 

मधेश प्रदेशमा अघिल्लो स्थानीय तहको निर्वाचन असोज २ गते सम्पन्न भएका कारण सोही मितिलाई दृष्टिगत गरी आगामी स्थानीय तहको निर्वाचन हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। 

‘संविधानको धारा २१५–६, २१६–६ र २२०–५ अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, संवन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यान आकृष्ठ गर्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ। 

सरकारले भने स्थानीय तहको निर्वाचन एकैचरणमा गर्ने गरी वैशाख ३० मा गर्ने गरि मिति घोषणा गरिसकेको छ।

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्