Kathmandu Press

१६ औषधि पसललाई निलम्बनकाे कारबाही

काठमाडौं, माघ २६ : औषधि व्यवस्था विभागले १६ औषधि पसललाई कारबाही गरेको छ।विभागले बजार पुसमा गरेको अनुगमनका क्रममा त्रुटि फेला पारेपछि ती औषधि...
१६ औषधि पसललाई निलम्बनकाे कारबाही

काठमाडौं, माघ २६ : औषधि व्यवस्था विभागले १६ औषधि पसललाई कारबाही गरेको छ।

विभागले बजार पुसमा गरेको अनुगमनका क्रममा त्रुटि फेला पारेपछि ती औषधि पसललाई निलम्बनको कारबाही गरेको हो।

ती कम्पनीहरूलाई औषधि ऐन (२०३५) को दफा २० को उपदफ ४ (क) अनुसार कारबाही गरिएको विभागले जनाएको छ।

पटकपटक कारबाही गरे पनि नियमविपरीत कैयौ औषधि पसल सञ्चालन हुँदै आइरहेका छन्।

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्