Kathmandu Press

कांग्रेस पदाधिकारी बैठकअघि शेखर समूह छुट्टै छलफलमा 

काठमाडौं, माघ २६ : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेका छन्। पदाधिकारी बैठक बस्नुअगाडि बालुवाटारमा नै शेखर कोइराला पक्ष छुट्टै...
कांग्रेस पदाधिकारी बैठकअघि शेखर समूह छुट्टै छलफलमा 

काठमाडौं, माघ २६ : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेका छन्। पदाधिकारी बैठक बस्नुअगाडि बालुवाटारमा नै शेखर कोइराला पक्ष छुट्टै छलफलमा बसेको हो। 

स्थानीय तहको निर्वाचन, एमसिसीलगायत समयसामयिक विषयमा कोइरालाले आफ्नो समूहका नेताहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्।

बैठकमा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाललगायत रहेका छन्। 

कोइरालाले मंगलबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए। छलफलबारेमा आफ्नो समूहमा ब्रिफिङ गर्ने बताइएको छ।

पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठको एजेण्डा तय गर्नेछन्।

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्