Kathmandu Press

कांग्रेसको चुनावी सन्देश लिएर सांस्कृतिक संघ जनताको घरदैलोमा जाने 

काठमाडौं, माघ २६ : नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश,...
कांग्रेसको चुनावी सन्देश लिएर सांस्कृतिक संघ जनताको घरदैलोमा जाने 

काठमाडौं, माघ २६ : नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेपाली कांग्रेसको प्रचारप्रसारको लागि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरुलाई सक्रिय बनाउने भएको छ।

आज (बुधबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै संघले कांग्रेसलाई बहुमत दिलाउन सांस्कृतिक कार्यक्रमसहित ७७ वटै जिल्लाका जनताको घरआँगनमा पुग्ने जानकारी गराएको हो। 

संघले चैत मसान्तभित्र नेपालका ७ सय ५३ पालिकामा समग्र संगठनात्मक संरचना निर्माण गरी ती संगठनहरुद्वारा स्थानीय, प्रदेश र संघको निर्वाचनहरूमा सहभागिता जनाउने संकल्प र निर्णय पनि गरेको छ । 

कार्यक्रममा बोल्दै नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले कांग्रेस सबैको जनताको समस्या समाधान गर्ने, मजबुद पार्टी, देशको रक्षा, संरक्षण गर्ने ऐतिहासिक पार्टी भएको बताए।

देशलाई संरक्षण गर्नसक्ने बलियो आधार भएको पार्टी, जसले इतिहास बनाएको छ, जसले परिवर्तनका धेरै फड्कोहरु पार गरेको छ । पार्टीले देश विकासका धेरै निर्माण गरेको छ । कांग्रेसको विकल्प छैन,’ उनले भने। 

कांग्रेसबिना यो मुलुकको समृद्धि र पूर्वाधार खडा हुन नसक्ने थापाले जिकिर गरे। नेपालमा भएका अहिलेसम्मका विकासका काम ती सबै कांग्रेसको सरकारको समयमा भएको उनले दाबी गरे।

उनले कांगे्रसलाई भोट दिएर जिताउन सकेमामात्र मुलुक समृद्ध हुनसक्ने टिप्पणी गरे। उनले आगामी दिनमा सबैको कांग्रेस बनाउन ध्यान दिनुपर्नेमा पनि जोड दिए। 

सभापति थापाले नेपालमा कला, संस्कृतिको धेरै महत्व रहेको उल्लेख गर्दै गीतको भाषामार्फत कांग्रेसको योगदान र अबको आवश्यकताबारे जनतासमक्ष पु¥याउने पनि जनाए। सबै प्रदेशमा फागुनभित्रमा रहेका कलाकारहरुलाई प्रशीक्षण दिने कार्यक्रम तय गरेको पनि उनले सुनाए। 

सांस्कृतिक संघले कांगे्रसलाई आगामी निर्वाचनमा मजबुद बनाउन पालिका, जिल्ला र प्रदेशमा पनि संगठन÷संरचना विस्तार गर्न लागिएको उनको भनाई थियो।

सातै प्रदेशका सबै जिल्लाका पालिकामा (७ सय ५३ पालिका) लाई चैत्र मसान्तसम्म संगठन विस्तार गरेर तीनै तहको निर्वाचन केन्द्रीत कांग्रेसको प्रचारप्रसारको जिम्मेवारी दिने पनि बताए।

उनले भने,‘तीनै तहका आगामी निर्वाचनमा कांग्रेसको जनमत बढाउन सांस्कृतिक कार्यक्रम तय गर्न खोजेको हांै।’ सबै विधाका कलाकारहरुलाई केन्द्रीय समितिमा समेटेको पनि उनले विश्वास दिलाए। आफूहरुले कांग्रेसलाई शसक्त र मजबुद बनाउन चाहेको पनि उनले स्पष्ट पारे।  

सबैभन्दा ठुलो कुरा लोकतन्त्र भएकाले त्यसको स्थायित्वका लागि पनि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए । ‘कांग्रेसले मुलुकमा धेरै काम गरेको छ तर आफूले गरेको काम बाहिर देखाउँदैन,’ उनले भने। लोकतन्त्र र कांग्रेस बारे गीत, नाटक र जिंगल्स बनाएर जनतालाई सरल र सहज भाषामा कांग्रेसको आवश्यकताबारे सुचित गराउने पनि उनले बताए । 

७७ वटा जिल्लामा संरचना भएको सांस्कृतिक संघले १५ वर्षको अवधिमा लोकगीत, चलचित्र, अभिनय, नाटकलगायत सबै विधालाई समेटेको उनले बताए। संघले २ वटा अधिवेशन सम्पन्न गरिसकेको र अब तेस्रो अधिवेशन नजिक रहेको पनि जानकारी दिए। महामन्त्री राजेन्द्र खत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए।
 

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्