Kathmandu Press

पहिरोमा परी मंगोलियामा १४ जनाको मृत्यु

बोगोटा, माघ २६ : मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ।कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो...
पहिरोमा परी मंगोलियामा १४ जनाको मृत्यु

बोगोटा, माघ २६ : मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ।

कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कुराको जानकारी दिएको हो। सो विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण त्यहाँ बाढी आएको थियो।

पहिरोमा परी ३० जना स्थानीय घाइते भएका छन्। उनीहरुलाई अस्पताल पुर्याउन पनि पहिरोले बाटो बिग्रिएकाले निकै कठिन भएको बताइएको छ।

त्यस्तै पहिरोमा परेर केही नागरिक अझै पनि हराइरहेका छन्। उनीहरुको खोजीका लागि सुरक्षा तथा उद्धारकर्मी परिचालन गरिएको छ।

भारी मात्रामा पानी पर्ने क्रम जारी नै रहेकाले अझै पनि प्रकोपको खतरा रहेको बताइएको छ। यहाँको प्रकोप नियन्त्रण विभागले नागरिकहरुलाई सतर्क रहन र घरबाट बाहिर ननिस्किन सूचना पनि जारी गरेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, माघ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्