Kathmandu Press

साउदी सेनाद्वारा यमनका हुथी विद्रोहीको शिविरमा आक्रमण

साना, माघ २६ : साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी सहर सानामा रहेको हुथीहरुको एक सैन्य शिविरमा नै आक्रमण गरेको बताइएको छ। मंगलबार अपराह्न गरिएको...
साउदी सेनाद्वारा यमनका हुथी विद्रोहीको शिविरमा आक्रमण

साना, माघ २६ : साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी सहर सानामा रहेको हुथीहरुको एक सैन्य शिविरमा नै आक्रमण गरेको बताइएको छ। मंगलबार अपराह्न गरिएको सो हमलामा परी हुथीहरुका केही सैनिक पनि हताहत भएको अनुमान गरिएको छ।

साथै उनीहरुका हातहतियारहरु पनि नष्ट भएको अनुमान गरिएको छ। उता यमनी राजधानी सानामा पनि दुई दिनअघि सो सेनाले हुथीको यस्तै एक आश्रयस्थलमा हमला गरेको थियो। हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ।

Hardik ivf

ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अलमासिराह टिभीले जनाएको छ। युद्धक विमानहरुले गरेका सो आक्रमणबाट भएको क्षतिको बारेमा भने केही बताइएको छैन। यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ।

यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ। सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन्। उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो।

इरान समर्थित हुथी मिलिसियाले पनि गतहप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो।

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्