Kathmandu Press

भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु

नयाँ दिल्ली, माघ २६ : भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा...
भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु

नयाँ दिल्ली, माघ २६ : भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन्।

सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ। 

नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ । 

सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ। 

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, माघ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्