कर्णाली प्रदेशसभाको बैठकमा अध्यक्षता गर्नेगरी पाँच सांसद मनोनीत
सुर्खेत, माघ २६ : सभामुख र उपसभामुख दुवैको अनुपस्थिति भएको अवस्थामा कर्णाली प्रदेशसभाको बैठक अध्यक्षता गर्नेगरी पाँचजना सांसदलाई मनोनीत गरिएको छ।सभामुख राजबहादुर शाहीले कर्णाली...
सुर्खेत, माघ २६ : सभामुख र उपसभामुख दुवैको अनुपस्थिति भएको अवस्थामा कर्णाली प्रदेशसभाको बैठक अध्यक्षता गर्नेगरी पाँचजना सांसद मनोनीत भएका छन्।
सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ११ (२) अनुसार पाँच सांसदलाई बैठकको अध्यक्षता गर्ने गरी मनोनीत गरेका हुन्।
मनोनीत गरिएका सांसदमा दीनबन्धु श्रेष्ठ, देवी ओली, मीनासिंह रखाल, रातो कामी र सोशिला शाहीलाई मनोनीत गरिएको हो। प्रदेशसभा नियमावली २०७४ को नियम ११ को उपनियम २ मा अध्यक्षता गर्न पाँच जना त्यस्ता सदस्यको मनोनयन गर्ने पाइने व्यवस्था छ।
मनोनीत सदस्यले बैठकको अध्यक्षता गर्दा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाइने नियमावलीमा उललेख छ।
प्रकाशित मिति: १४:०५ बजे, बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

