Kathmandu Press

कमल थापा निकट पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पनि छाडे राप्रपा 

काठमाडौं, माघ २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेको घोषणा गरेका छन्। पूर्वअध्यक्ष कमल थापा निकट मानिने पौडेलले बुधबार बिहान...
कमल थापा निकट पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पनि छाडे राप्रपा 

काठमाडौं, माघ २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेको घोषणा गरेका छन्। पूर्वअध्यक्ष कमल थापा निकट मानिने पौडेलले बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेका हुन्। 

कमल थापाले राप्रपा छाडेको भोलिपल्ट पौडेलले पनि पार्टीबाट अलग हुने घोषणा गरेका हुन्। उनले राप्रपालाई एकतावद्ध बनाउने आफ्नो प्रयास असफल भएको बताएका छन्। 

‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !’ सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्। 

उनी राप्रपाका पूर्वकोषाध्यक्ष हुन्। मंसिरमा सम्पन्न महाधिवेशनमा भने उनलाई कुनैपनि जिम्मेवारी दिइएको थिएन। सोही महाधिवेशनबाट अध्यक्षमा पराजित भएका कमल थापाले  मंगलबार मात्रै पार्टी छाडेका थिए। 
 

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्