गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल
काठमाडौं, माघ २६ : गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ। गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि...
काठमाडौं, माघ २६ : गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ।
गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए।
सहसचिव डा. भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालू तर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ।
गृहमन्त्री खाणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा। भूसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए।
गृहमन्त्री खाणले निर्वाचनको कामलाई घनीभूतरूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन्। अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए।
गृहमन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभइ नहुने विषयबस्तुबारे अवगत गराइने बताउएका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थसँग छलफल गरेका हुन्।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

