Kathmandu Press

काठमाडौंको धापासीमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु 

काठमाडौंको धापासीमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु 

काठमाडौं, माघ २६ : काठमाडौंको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मंगलबार बेलुका सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिँदा स्थानीय तीन वर्षीय बालक श्रीयन पाण्डेको मृत्यु भएको हो। 

कारको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पतालमा पुर्याइएको थियो। उनको उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्