Kathmandu Press

अफगानिस्तानलाई ३ करोड २० लाख अमेरिकी डलर सहयाेग प्राप्त

काबुल,  माघ २६ : अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ।अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी...
अफगानिस्तानलाई ३ करोड २० लाख अमेरिकी डलर सहयाेग प्राप्त

काबुल,  माघ २६ : अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ।

अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ। अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन्।

अफगानिस्तानलाई खाद्यान्न औषधि तथा अन्य आवश्यक सहयोग जारी रहेको र मंगलबार मात्र ३ करोड २० लाख अमेरिकी डलर बराबरको रकम सहयोग प्राप्त भएको सो बैंकले जानकारी दिएको छ।

अफगानिस्तानका लागि विभिन्न देश र संस्थाहरुले सहयोग गरिरहेकामा मंगलबार पनि सो सहयोग आएको यहाँको केन्द्रीय बैंक एक  विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ। सो बैंकले उक्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गरेको छ।

प्रकाशित मिति: १२:३३ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्