Kathmandu Press

चितवनमा पिपिआर रोग नियन्त्रण गर्न खोप अभियान

चितवन, माघ २६ : भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका...
चितवनमा पिपिआर रोग नियन्त्रण गर्न खोप अभियान

चितवन, माघ २६ : भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रुपमा खोप लगाउन थालेकोे हो । 

चौवालीस स्थानमा खोप केन्द्र तय गरी खोप लगाउन सुरु गरिएको कार्यालयका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका तीन लाख भेडाबाख्रा मध्ये १ लाख २७ हजारलाई खोप लगाइने छ । कार्यालयले यही माघ २५ गते मङ्गलबारदेखि फागुन २ गतेसम्म खोप अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गरेको हो । 

Hardik ivf

यो रोगले एकै खोरमा धेरै क्षति पु¥याउने जनाइएको छ । उनले भने, ‘सप्ताहव्यापी अभियानमा खोपमा सहभागी हुन किसानलाई आग्रह गछौँ ।’ विज्ञ केन्द्र, पशु सेवा केन्द्र, स्थानीय तहका पशुसेवा शाखामा सम्पर्क गर्न उनले अनुरोध गरे। बीस भन्दा बढी भेडाबाख्रा हुने किसानले जानकारी गराए खोरमै पुगेर खोप लगाइनेछ । यो खोप निःशुल्क लगाइने उहाँले राससलाई जानकारी दिए।

भरतपुर महानगरका पशुसेवा केन्द्रमा राखिएका ८ खोप केन्द्रमार्फत खोप लगाइने छ । यसका लागि रत्ननगरमा तीन, कालिकामा चार, राप्तीमा पाँच, माडीमा नौ र   खैरहनी नगरपालिकामा १२ खोप केन्द्र मार्फत खोप सेवा सुरु गरिएको हो । यसैगरी इच्छाकामना गाउँपालिकामा तीन  खोप केन्द्र तय गरिएको छ ।  

सप्ताहव्यापी अभियानमा भरतपुरमा ३० हजार, रत्ननगरमा २० हजार, कालिकामा १५ हजार, खैरहनीमा १५ हजार, राप्तीमा २० हजार, माडी नगरपालिकामा १५ हजार र इच्छाकामनामा २० हजार खोप लगाउने लक्ष्य लिइएको छ । गतवर्ष जिल्लामा ७० हजार भेडाबाख्रामा खोप लगाइएको कार्यालयले जनाएको छ । खोप अभियानमा ३८ भ्याक्सिनेटेर खटिने छन् । 

गतवर्ष तीन पटक पिपिआर रोगको सङ्क्रमण फैलिँदा करिब एक हजार २०० भेडाबाख्रामा मरेका थिए । एक चोटी खोप लगाएपछि तीन वर्षसम्म सो रोगको समस्या नदेखिने निमित्त प्रमुख न्यौपानेको भनाइ छ। 

महामारी रोग भएकाले रोगी भेडाबाख्राको सम्पर्कमा रहने, लसपस भएको दानापानी, घाँसपात खाने, सोत्तर प्रयोग गर्ने भेडाबाख्रामा सर्ने गर्छ । ज्वरो आउने, झोक्राउने, नखाने, उग्राउन छाड्ने, आँखामा कचेरा र नाकमा बाक्लो सिगान आउने, निमोनिया हुने, मुखभित्र घाउ देखिने, बथानमा एकैपटक धेरै भेडाबाख्रा मर्ने पिपिआर रोगका लक्षण हुन् । 

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्