Kathmandu Press

बढ्यो सुनचाँदीका मूल्य

काठमाडौं, माघ २६ : सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३०० ले उकालो लागेर  ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार...
बढ्यो सुनचाँदीका मूल्य

काठमाडौं, माघ २६ : सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३०० ले उकालो लागेर  ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो । 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० छ, यसको मूल्य अघिल्लो दिन ९२ हजार ६०० थियो ।
    
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:३८ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्