Kathmandu Press

सेती नदीको पुलमाथि नै बाढी

दमौली, भदौ ३१ : दुई दिनदेखि लगातार परेको वर्षाले सेती नदीमा बाढी आएको छ। बाढीले सेती नदीमाथिको पुलनै ढाकिएको छ।

बाढीले तनहुँको शुक्लागण्डकी ....

सेती नदीको पुलमाथि नै बाढी
रासस

दमौली, भदौ ३१ : दुई दिनदेखि लगातार परेको वर्षाले सेती नदीमा बाढी आएको छ। बाढीले सेती नदीमाथिको पुलनै ढाकिएको छ।

बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबेको हो। पुलनै डुबेपछि स्थानीय वासिन्दालाई आवतजावत बन्द भएको छ।

Hardik ivf

सोमबार साँझदेखि स्थानीय वासिन्दाले पुल तर्न नसकिएको बताएका छन्। पानीको सतह बढीरहेको जनाएको छ। पुलनै बाढीले डुबेपछि जोखिम बढेको स्थानीय वासिन्दाको भनाइ छ।

केही दिनदेखिको वर्षाले देशभरका नदीमा पानीको सतह बढेको छ। साना–ठूला नदीमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन वर्षा हुने जनाएको छ। आगामी २४ घण्टामा मध्य तथा पश्चिमी भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

याे पनि पढ्नुस् :
यस्तो छ अगामी दिनको मौसम

 

प्रकाशित मिति: १३:२१ बजे, मंगलबार, भदौ ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्