फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ
काभ्रे, माघ २६ : जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना...
काभ्रे, माघ २६ : जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ ।
चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
लसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला गरिएका धुलिखेल नगरपालिका–४ का ६९ वर्षीय बुद्धिलाल खड्गी, सोही वडाका ३८ वर्षीय प्रकाश खड्गी, ४२ वर्षीय विकास खड्गी र ४५ वर्षीय दिललक्ष्मी खड्गीलाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति: १०:०१ बजे, बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

