Kathmandu Press

एकीकृत समाजवादीद्वारा निर्वाचन मिति घोषणाको स्वागत

काठमाडौं, माघ २६ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले स्थानीय निर्वाचनको मिति घोषणाको स्वागत गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको...
एकीकृत समाजवादीद्वारा निर्वाचन मिति घोषणाको स्वागत

काठमाडौं, माघ २६ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले स्थानीय निर्वाचनको मिति घोषणाको स्वागत गर्दै सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।

बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएकामा त्यसको स्वागत गर्दै मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलका साथै सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तहको निर्वाचनदेखि नै पार्टीलाई विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्तालाई क्रियाशील हुन बैठकले आह्वान गरेको छ।

पार्टीका महासचिव डा. बेदुराम भुसालले बैठकपछि जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको उच्चतम प्रयोग निर्वाचन भएको र निर्वाचनका माध्यमबाट सर्वोत्कृष्ट हुन नेता तथा कार्यकर्ताले सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ।

गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्णरूपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: ०७:०२ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्