प्रतिनिधिसभा बैठक फागुन २ मा बस्ने
बुधबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा स्थागित भएपछि संसद सचिवालयले फागुन २ गते दिउँसो १ बजेका लागि संसद बैठक बोलाएको हो।
काठमाडाैं, माघ २५ : प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने भएको छ । बुधबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा स्थागित भएपछि संसद सचिवालयले फागुन २ गते दिउँसो १ बजेका लागि संसद बैठक बोलाएको हो।
सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार साँझ सूचना जारी गर्दै विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको र अर्को बैठक फागुन २ गतेका लागि तय भएको उल्लेख गरेका छन्।
मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए ।
प्रकाशित मिति: २२:१५ बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

