Kathmandu Press

यमन शहर वरिपरि लडाइँ हुँदा दर्जनौंको मृत्यु

दुवई, माघ २५ : विद्रोहीले नियन्त्रण गरेको शहरलाई लिएर भएको नयाँ आक्रमक हमलामा यमनी समर्थक दर्जनौँ लडाकू मारिएका छन्। संयुक्त अरब इमिरेट्समा मिसाइल...
यमन शहर वरिपरि लडाइँ हुँदा दर्जनौंको मृत्यु

दुवई, माघ २५ : विद्रोहीले नियन्त्रण गरेको शहरलाई लिएर भएको नयाँ आक्रमक हमलामा यमनी समर्थक दर्जनौँ लडाकू मारिएका छन्। संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमणपछि यमनी हुथी विद्रोही समूहलाई लक्षित कारबाहीमा वृद्धि भएको विद्रोही पक्षधर एक स्रोतले मङ्गलबार जनाएको छ।

राजधानी सानाको उत्तर र साउदी सीमा नजिकै इराननिकट मानिने विद्रोहीलाई धपाउन तीन दिनको लडाइँमा ३२ जना सैनिकको मृत्यु भएको छ र कम्तीमा १०० जना घाइते भएका छन्।

यमन सन् २०१४ देखि उत्तरको अधिकांश भागलाई नियन्त्रण गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनको सहयोग प्राप्त सरकार र इरान समर्थित हुथी समूहबीचको गृहयुद्धमा मुछिएको छ।

Hardik ivf

हुथी विद्रोहीहरुले युएईप्रशिक्षित फौजबाट क्षेत्रीयरूपमा हार व्यहोरेपछि आबु धाबीमा भएको शृंखलाबद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमणमा यूएईका तीन तेल कामदारको ज्यान गएपछि यूएई र साउदी गठबन्धन सैनिक हुथी विद्रोहीमाथि थप आक्रामक देखिएका छन्।

सरकार समर्थक स्रोतहरूले बताएअनुसार मंगलबा हरदह वरिपरि जारी झडपमा गठबन्धन सेनाले हुथी लडाकूहरू र त्यस क्षेत्रलाई घेरेका छन् तर अझै पनि यस शहर कब्जा भने हुनसकेको छैन।  

गठबन्धन स्रोतले युद्धमा र गठबन्धनको हवाई हमलासँगै कम्तीमा पनि ५६ जना विद्रोही मारिएको बताएको छ भने हुथीहरूले आफ्नो पक्षमा मर्नेहरूको रिपोर्ट विरलै दिन्छन्।  

हालैका हप्ताहरूमा यमेनी द्वन्द्व तीव्र भएको छ। गठबन्धन र वफादार सेनाहरूले विद्रोहीहरूलाई हराएको दक्षिणी इलाका फिर्ता गर्न एकपछि अर्को आक्रमण गरिरहेका छन्।

यसैबीच, हुथीहरूले छिमेकी साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएका छन् र सैन्य गठबन्धनको सदस्य संयुक्त अरब इमिरेट्समाथि पनि यस्तै आक्रमण गरेका छन्।

लाखौं मानिसहरू अनिकालको सँघारमै बाँचिरहेका हुनाले संयुक्त राष्ट्रसंघले यमनलाई विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको मुलुक भनेको छ।

प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्