Kathmandu Press

जनजातिको हित तथा उत्थानका लागि कटिबद्ध छु : मन्त्री आले

काठमाडाैं, माघ २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनजातिको हित तथा उत्थानका लागि आफू सधैँ कटिबद्ध रहने बताएका छन। आदिवासी...
जनजातिको हित तथा उत्थानका लागि कटिबद्ध छु : मन्त्री आले

काठमाडाैं, माघ २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनजातिको हित तथा उत्थानका लागि आफू सधैँ कटिबद्ध रहने बताएका छन। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा मन्त्री आलेले जनजातिको वृत्ति विकास तथा उत्थानका लागि सधैँ अग्रसर रहने बताए।

उनले भने, 'जनजातिको उत्थानका लागि विनियोजन हुने बजेट निकै न्युन हुँदै आएको छ, मेरो मन्त्रालय पनि यस संस्थाको एक अङ्ग भएकाले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछु।'

नेपालको जनगणना विसं २०६८ अनुसार जनजातिको सङ्ख्या करिब ३५.२५ प्रतिशत भएको र यत्रो सङ्ख्या ओगटेको जनजातिहरुका लागि विनियोजन हुने बजेट सारै न्यून भएकाले प्रतिष्ठानलाई माथि उकास्न तथा जनजातिको वृत्ति विकासका लागि भए पनि आफूले सक्ने जति बजेट विनियोजन गर्ने मन्त्री आलेले आश्वासन दिए। यसैगरी मन्त्री आलेले जनजातिका डकुमेन्ट्री निर्माण, होमस्टे, कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रमसहित प्रस्ताव ल्याए मन्त्रालय सहयोग र साथ दिन तयार रहेको जानकारी गराए।

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्