तीन सहसचिवको नाम सचिवका लागि सिफारिस
काठमाडौं, माघ २५ : सचिव बढुवा सिफारिस समितिले एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष...
काठमाडौं, माघ २५ : सचिव बढुवा सिफारिस समितिले एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय मुकुन्द प्रसाद निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस गरेको हो ।
निरौला गृह मन्त्रालयको शान्ति सुरक्षा तथा समन्वय महाशाखा प्रमुख छन् भने सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रवक्ता र खनाल सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) को राष्ट्रिय कार्यक्रम निर्देशक हुन् ।
प्रकाशित मिति: १९:५६ बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

