Kathmandu Press

भारतका १५ देखि १८ वर्षका पाँच करोडले लगाए पहिलो खोप

नयाँ दिल्ली, माघ २५ : भारतमा १५ देखि १८ वर्षसम्मका पाँच करोडभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएका छन्।ती ठूलो मात्रामा खोप लगाएकाहरुको...
भारतका १५ देखि १८ वर्षका पाँच करोडले लगाए पहिलो खोप

नयाँ दिल्ली, माघ २५ : भारतमा १५ देखि १८ वर्षसम्मका पाँच करोडभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएका छन्।

ती ठूलो मात्रामा खोप लगाएकाहरुको सङ्ख्या देखिएकाले अव कोरोनाभाइरस विरुद्ध लड्न सजिलो हुने देखिएको अधिकारीहरूले जनाएका छन्।
 
उनीहरुले यसलाई ठूलो उपलब्धीका रुपमा व्याख्या गर्दै खोप लगाउन अन्य व्यक्तिसमेतलाई अनुरोध गरेका छन्।

भारतमा अहिलेसम्म कुल झण्डै सय ७० करोड मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन्।

संघीय स्वास्थ्य मन्त्रालयले देशभरी एक करोड ६७ लाख ८०० भन्दा बढी खोप प्रदेश तथा राज्य सरकारहरुलाई हस्तान्तरण गरिएको जनाएको छ।

भातरमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो।  

प्रकाशित मिति: १९:३४ बजे, मंगलबार, माघ २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्