Kathmandu Press

यौन दुर्व्यवहार भोग्नुपरेको अमेरिकी महिला कैदीको भनाइ

क्यालिफोर्निया, माघ २५ : क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुर्व्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस (एपी)...
यौन दुर्व्यवहार भोग्नुपरेको अमेरिकी महिला कैदीको भनाइ

क्यालिफोर्निया, माघ २५ : क्यालिफोर्नियाको डब्लिनस्थित संघीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुर्व्यवहार’ गरेको बताएका एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ।

कैदीहरूलाई ‘बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइयो’ भनी एपीले आइतबार सार्वजनिक एक समाचारमा उल्लेख गरेको छ।

Hardik ivf

संघीय सुधार संस्थाका कैदी तथा कामदारहरूले अमेरिकी कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको आरोप लगाएका छन्।

महिला कैदी तथा कामदारको भनाईले जेलमा ‘स्वीकृत र विषाक्त संस्कृति’ भेटिने पुष्टि भएको हो। यसले जेल कर्मचारी र यहाँ सुधारका लागि राखिएका कैदीहरूद्वारा वर्षौंको ‘यौन दुराचार’ को सामना गर्नुपरेको उनीहरूले बताएका छन्। यद्यपि यस्ता दुर्व्यवहारलाई पिडितबाहेकका सर्वसाधारणको नजरबाट छिपाइने गरेको उनीहरूको भनाइ छ।

अध्ययन रिपोर्टमा भनिएको छ, 'डब्लिनमा अहिलेसम्म यीनै र यसप्रकारका दुव्र्यवहारमा दोषी चार जना गिरफ्तार भएका आरोपहरूका कारण संकटग्रस्त संघीय जेल ब्यूरोभित्र महामारीका समय ठूलो समस्या भएको छ।'

सन् २०२० मा १२२ वटा जेलमा कर्मचारीहरूले गरेको यौन दुव्र्यवहारको ४२२ वटा गुनासो गरिएको थियो भने तीमध्ये चार जनालाई प्रमाणित गरिएको थियो र २९० जनामाथि अझै अनुसन्धान चलिरहेको छ।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्