Kathmandu Press

बुधबारको बस्ने संसद्को सम्भावित कार्यसूचीमा एमसीसी परेन

काठमाडौं, माघ २४  : बुधबार (भोली) बस्ने प्रतिनिधि सभाको बैठकको  लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ।  बुधबारको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको...
बुधबारको बस्ने संसद्को सम्भावित कार्यसूचीमा एमसीसी परेन

काठमाडौं, माघ २४  : बुधबार (भोली) बस्ने प्रतिनिधि सभाको बैठकको  लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ।  

बुधबारको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेश्रो प्रतिवेदन पेश गर्ने र कांग्रेसको तर्फबाट  २०६४ सालमा समानुपातिक तर्फबाट सदस्य बनेका जगतबहादुर  ताजपुरियाको निधनमाथी शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ । 

सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसी भने राखिएको छैन् । आगामी बैठकमा एमसीसी टेबल गरिने चर्चा चलेको भए पनि सम्भावित कार्यसूचीमा भने अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव गरिएको छैन् । 

संसद्को  बैठक दिउँसो १ बजे बोलाईएको छ भने त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको संसद बैठक सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्। बुधबार बिहान ११ बजेका लागि सभामुख सापकोटाले बैठक बोलाएका छन्।

यसअघि माघ १६ गते बस्ने भनि बोलाइएको बैठक अन्तिम समयमा आएर सूचना टाँस गरेर स्थगित गरिएको थियो।  
 

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्