आयातित वस्तुमा नगद मार्जिन राख्नुपर्ने समाचारप्रति चेम्बर अफ कमर्सको ध्यानाकर्षण
काठमाडौं, माघ २५ : आयातित वस्तुमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भन्दै आएको समाचारप्रति नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल...
काठमाडौं, माघ २५ : आयातित वस्तुमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भन्दै आएको समाचारप्रति नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक कैलाश कुमार बजिमयले आज एक बिज्ञप्ति जारी गर्दै शतप्रतिशत नगद मार्जिन राख्ने सम्वन्धी व्यवस्थाले आपूर्तिमा थप समस्या निम्त्याउने, बस्तुहरुको लागत बढाउने तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भएको जनाएको हो ।
वस्तुको आयातमा उच्च भन्सार कर लगाउने नीतिप्रति पनि चेम्वरले आपत्ति जनाउँदै विश्व व्यापार संगठन डब्लुटीओको खुला बजार अर्थव्यवस्थाको विश्वव्यापी मान्यता बिपरित यस्ता व्यवस्थाले व्यापारमा गम्भिर असर गर्ने तथा व्यवसायी नै पलायन हुनेतर्फ सचेत गराएको बिज्ञप्तिमा उल्लेख छ ।
चेम्बरले यसअघि कोभिड १९ को महामारीले मुलुकको अर्थतन्त्रलाई आक्रान्त बनाईरहेका बेला व्यवसायिक गतिविधीलाई असर गर्नेगरि आयातित केही वस्तुमा शतप्रतिशत मार्जिन लगाउने व्यवस्थाको राष्ट्रवैंक समक्ष ध्यानकर्षण गराएको थियो ।











