न्याय सेवा अन्तर्गत शाखा अधिकृतको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौं, माघ २४ : लोक सेवा आयोगले न्याय सेवा अन्तर्गत शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।आयोगले आज (मंगलबार) सार्वजनिक गरेको नतिजा अनुसार...
काठमाडौं, माघ २४ : लोक सेवा आयोगले न्याय सेवा अन्तर्गत शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आज (मंगलबार) सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तरगत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन् ।
जसमा सबैभन्दा बढी न्याय सेवातर्फ ५९ जना, दोस्रोमा सरकारी वकिल सेवातर्फ ४२ जना र कानून सेवातर्फ १३ जना सिफारिस भएका छन् ।
न्याय, कानून र सरकारी वलिक समूहको शाखा अधिकृत वा सो सरहको पदमा खुलातर्फ ६७ जना सिफारिस भएका छन् ।
जसमा सबैभन्दा बढी न्यायमा ३६ जना, दोस्रो सरकारी वकिलमा २४ जना र कानूनतर्फ ७ जना सिफारिस भएका छन् ।
प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

