Kathmandu Press

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडाैं, माघ २५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ।

आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६.३० अङ्कले ओरालो लागेर दुई हजार ८३५.५८ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५३२.४९ मा ओर्लेको छ।

कारोबार मापक परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज सामान्य वृद्धि भएको छ। कूल २३० कम्पनीको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर रु ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब सात अर्ब ७२ करोड ४१ लाख २० हजार बराबर रहेको छ।

कारोबार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २.६८, होटल तथा पर्यटन ३.७४, निर्जीवन बीमा ५६.२२, उत्पादन २७.५४ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ।

बैंकिङ ६.४७, विकास बैंक ५१.२१, जलविद्युत् ५३.६५, वित्त ९.२, अन्य २.१, लघुवित्त ३५.३७, जीवन बीमा १६८.५४ र लगानी १.५२ अङ्कले ओरालो लाग्यो। कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३५ करोड ८५ लाख १२ हजार ४३२ बराबरको कारोबार भयो।

अपि पावर कम्पनी रु ३३ करोड दुई लाख ८० हजार ९५९, नेपाल पूर्वाधार बैंक रु ३२ करोड ३३ लाख एक हजार ८६, माथिल्लो तामाकोशी रु ३२ करोड आठ लाख ५९८ र एचआीडसिएल रु ३० करोड १२ लाख ५१ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार नेपाल इन्स्योरेन्स ३.८३, बुद्धभूमि नेपाल हाइड्रोपावर ३.४४, राष्ट्रिय बीमा कम्पनी २.९९, विन नेपाल लघुवित्त २.५६ र एनएमबी हाइब्रिड फण्ड एक का लगानीकर्ताले २.२७ प्रतिशतले कमाए। विलर्टी इनर्जी कम्पनी ६.२७, नेपाल हाइड्रो डेभलपर्स ५.१, बोटलर्स नेपाल तराई ३.९५, युनिभर्सल पावर कम्पनी ३.६३ र तेह्रथ्ुम पावर कम्पनीका लगानीकर्ताले ३.२५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति: १७:५६ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्