स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना
ललितपुर, माघ २५ : संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज (मंगलबार) बिहान किस्ट अस्पतालमा भर्ना गरिएको जनाइएको छ।...
ललितपुर, माघ २५ : संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज (मंगलबार) बिहान किस्ट अस्पतालमा भर्ना गरिएको जनाइएको छ। उनको स्वाशप्रस्वाशमा समस्या देखिएको अस्पतालले बताएको छ।
१०२ वर्षीय जोशीमा निमोनियाको संक्रमण देखिएको र नियन्त्रणका एन्टिवायोटिक चलाइएको अस्बपतालले जनाएको छ।
कोरोना जाँचका लागि स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न पठाइएको अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

