काठमाडौं उपत्यकामा थप ४५१ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ३ सय ३८, ललतिपुरमा ७० र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर कुल एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै उपत्यकामा मंगलबार कुल १६ हजार ८२९ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ८ हजार ९४२, ललितपुरमा ५ हजार २८३ र भक्तपुरमा २ हजार ६०४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मंगलबार देशभर ३६ हजार १८१ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १६:४० बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

