मुलुकभर थपिए १,९५७ कोरोना संक्रमित, ११ जनाको मृत्यु
काठमाडाैं, माघ २५ : मुलुकभर पछिल्लो २४ घन्टामा १ हजार ९५७ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ८ हजार...
काठमाडाैं, माघ २५ : मुलुकभर पछिल्लो २४ घन्टामा १ हजार ९५७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ८ हजार ५८७ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार १८४ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार १०५ नमुनाको एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या पिसिआरतर्फ ९ लाख ६८ हजार ६११ पुगेको छ भने एन्टिजेनतर्फ १ लाख ३५ हजार ६०५ पुगेको छ।
त्यस्तै निको हुनेको कुल संख्या ९ लाख १५ हजार ४८९ पुगेको छ। त्यस्तै मृत्यु हुनेको कुल संख्या ११ हजार ८३८ पुगेको छ।
मंगलबार देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ। जसमध्ये ३४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा रहेकामध्ये २५६ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेका छन्।









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

