Kathmandu Press

काठमाडौं महानगरद्वारा ७ करोड बक्यौता असुल

काठमाडौं महानगरद्वारा ७ करोड बक्यौता असुल

काठमाडौं, माघ २५ : काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु. ७ करोड वक्यौता रकम असुल गरेको छ । 

गत साउन  महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन्।  तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन्।

‘आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन,’ कामपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने। कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो। त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ।  

धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्। तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु. ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको हो। सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ।

नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ। डा. अधिकारी भन्छन्, ‘सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकीसरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौं।” 

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्