सभामुखले बुधबार बिहानका लागि डाके कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं, माघ २५ : सभामुख अग्निप्रसाद सापकोटाले भोलि (बुधबार) दिउँसो साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।बुधबार अपराह्न १ बजे प्रतिनिधिसभाको...
काठमाडौं, माघ २५ : सभामुख अग्निप्रसाद सापकोटाले भोलि (बुधबार) दिउँसो साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बुधबार अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दैछ। संसदमा छलफल गर्ने विषय तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ। संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि र सभामुख कार्यव्यवस्था समितिमा रहने गर्दछन्।
कोरोना कहर र अन्य विविध कारणले दसौं अधिवेशनको बैठक लामो समयदेखि बस्न सकेको छैन। यो अधिवेशनमा अहिलेसम्म सम्पन्न भएका बैठकमा एमालेले अवरोध गर्दै आइरहेको छ।
प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

