Kathmandu Press

सिके राउतको जनमत पार्टी निर्वाचन तयारीमा जुट्यो, उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र

काठमाडौं, माघ २५ : सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरेसँगै डा. सिके राउन नेतृत्वको जनमत पार्टीले चुनावी तयारी अघि बढाएको छ।अध्यक्ष...
सिके राउतको जनमत पार्टी निर्वाचन तयारीमा जुट्यो, उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र

काठमाडौं, माघ २५ : सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरेसँगै डा. सिके राउन नेतृत्वको जनमत पार्टीले चुनावी तयारी अघि बढाएको छ।

अध्यक्ष राउतले आज (मंगलबार) मातहतका कमिटीहरूलाई परिपत्र गरेर उम्मेदवार सिफारिस गरेर केन्द्रीय सचिवालयमा पठाउन अनुरोध गरेका छन्।

‘नेपाल सरकारबाट मिति २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदबार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदबारहरूको नाम सिफारिश गरी केन्द्रिय सचिवालयमा पठाउन हुन अनुरोध छ,’ उनले परिपत्रमा लेखेका छन्।

उनले सिफारिस गरिएका उम्मेदवारहरू अन्तिम निर्णय भने नहुने स्पष्ट पारेका छन्। ‘याद रहोस्, यो केवल सिफारिस हुनेछ, अन्तिम निर्णय होइन,’ परिपत्रमा लेखिएके छ, ‘अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसहरूलाई मूल्याङ्कन गरेर गर्नेछ।

उम्मेदवार सिफारिस गर्दा चाहिने जनमत पार्टीकाे वेबसाइटमा राखिएको परिपत्रमा उल्लेख छ।

सिफारिस पठाउने अन्तिम मिति जिल्ला कार्यकारिणी समितिका लागि आगामी फागुन ५ गते  र वडा तथा पालिका कार्यकारिणी समितिका लागि फागुन १५ गते तोकिएको छ।

‘विभिन्न समितिहरूको सिफारिसका अलावा उम्मेदवारहरूले आफ्नो उम्मेदबारीको स्वघोषणा समेत गरेर सोही फाराममा पठाउन सक्नेछन्,’ विज्ञप्तिमा उललेख छ।

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्