Kathmandu Press

अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव नेपाल भ्रमण पूरा गरी श्रीलंका प्रस्थान

काठमाडाैं, माघ २५ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलंकातर्फ प्रस्थान गरेका...
अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव नेपाल भ्रमण पूरा गरी श्रीलंका प्रस्थान

काठमाडाैं, माघ २५ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलंकातर्फ प्रस्थान गरेका छन्।  

उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए। सो जिम्मेवारी सम्हालेपछि उनी पहिलो नेपाल भ्रमणमा आएका हुन्।  यही माघ १८ गते नेपाल आएका उनले भ्रमणका क्रममा यहाँस्थित नेपाल रेडक्रस र आइएफआरसीका गतिविधिबारे जानकारी लिएका थिए। 
     
प्रधानमन्त्री शेरबहादुर देउवासँग महासचिव चापागाईंले भ्रमणका क्रममा भेटवार्ता थियो। यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईंले अलग–अलग भेटवार्ता गरेका थिए।

ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईंले जानकारी दिए। 

भेटमा उनीहरूबीच कोभिड–१९ विरुद्धको खोप, मानवीय सेवाका सहयोग र रेडक्रस कानुनका विषयमा कुराकानी भएको थियो। यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईंले अलग–अलग भेटवार्ता गरेका थिए। ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईंले जानकारी दिए। 

उनले भने, ‘मैले नेपाल रेडक्रसमा देखिएका समस्या मिलेर समाधान खोज्न सबै पक्षसँग आग्रह गरेको छ।  छिट्टै समाधान निस्कनेमा म आशावादी छु। अगामी दिनमा रेडक्रलाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्न रेडक्रस कानुन जारी गर्नु आवश्यक छ। यसका लागि नेपाल सरकारलाई आइएफआरसीले आवश्यक सहयोग पुर्‍याउँछ।’

विश्वका १९२ देश आइएफआरसीका सदस्य छन्। आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको  गभर्निङ बोर्ड बैठकले एसियाबाटै पहिलोपटक उहाँलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो। बोर्डमा विश्वका शक्तिशाली २९ देश छन्। 

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटिरहेका छन्।

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ।

प्रकाशित मिति: १२:५० बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्