Kathmandu Press

इरानको आणविक सम्झौताबारे भियनामा छलफल हुने

भिएना, माघ २५ : इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौताका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ।सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक...
इरानको आणविक सम्झौताबारे भियनामा छलफल हुने

भिएना, माघ २५ : इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौताका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ।

सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक सेवाले जानकारी दिएको छ। सो सेवाले दिएको जानकारीअनुसार भिएनामा आज यस विषयमा छलफल हुन लागेको हो।

Hardik ivf

उक्त सम्झौताको बृहत कार्ययोजनाका विषयमा यसका साझेदारहरुका बीचमा मंगलबार कुराकानी हुने बताइएको हो।

उक्त सम्झौतको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतमा अमेरिकी संलग्नतबारे पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो।

यस सम्झौताको सही कार्यान्वयनका लागि समय समयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ।

तर इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ।

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्