निर्वाचन टार्ने गरी भएका बहस अब सकिए : महामन्त्री थापा
काठमाडौं, माघ २५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत रहेको बताएका छन्।थापाले मंगलवार...
काठमाडौं, माघ २५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत रहेको बताएका छन्।
थापाले मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति संविधानको मर्मअनुरूप भएको बताएका हुन् ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,’ उनले लेखेका छन्‚ ‘संविधानको मर्म अनुरूप छ।’ महामन्त्री थापाले निर्वाचनको मिति तोकिएसँगै निर्वाचन टार्ने गरी भएका बहस समेत सकिएको बताएका छन्। साथै उनले संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नभएको समेत सचेत गराएका छन्।
‘स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ‚’ उनले उल्लेख गरेका छन्‚ ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

