Kathmandu Press

पुटिन भन्छन्– नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ

मस्को माघ २५ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियार पठाइरहेको बताएका छन् । उनले युक्रेनलाई पठाएर आफूहरुलाई उत्तेजित गर्ने काम...
पुटिन भन्छन्– नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ

मस्को माघ २५ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियार पठाइरहेको बताएका छन् । उनले युक्रेनलाई पठाएर आफूहरुलाई उत्तेजित गर्ने काम भइरहेको बताए ।

यही विषयमा पुटिनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल पनि गरेका छन्।

नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध गराउँदै  युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोतहरू विनियोजन गरेका छन्। म्याक्रोनसँगको छलफलपछि तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षकहरू पठाएको टिप्पणी गरे।

‘अवश्य पनि हामीले राष्ट्रपतिसँग सबै कुराको बारेमा कुरा गर्यौं, तपाईले देख्न सक्नुहुन्छ, धेरै लामो समयसम्म, लगभग छ घण्टासम्म छलफल भएको थियो,’ पुटिनले भने, ‘किभले डोनबासको अवस्थाको शान्तिपूर्ण समाधानका लागि सबै सम्भावनाहरूलाई बेवास्ता गरेको छ र मिन्स्क सम्झौताहरूको पालना गर्न किभले अस्वीकार गरेकोमा म्याक्रोनको ध्यानाकर्षण गराएँ।’

किभ नेतृत्वसँगको बैठकमा युक्रेनी समझौताभित्र युरोपमा सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने ग्यारेन्टीका मुद्दाहरूमा छलफल गर्न चाहेके पुटिनले बताए ।

प्रकाशित मिति: ११:३३ बजे, मंगलबार, माघ २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्