रासायनिक मल कारखाना खोल्न विदेशी कम्पनीको प्रस्ताव

काठमाडौं, माघ २४ : नेपालमै रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेश गरेका हुन् ।
जर्मनीको डीआईएजी, भारतको ईएक्स आईएन र बेलायतको इन्फालिङस् नामक कम्पनीले मल कारखानामा लगानी गर्न प्रस्ताव गरेका हुन् । नेपालको मल कारखानामा लगानी गर्न आएको प्रस्तावमा प्रारम्भिक अध्ययन गर्न एक समिती गठन गरेको पनि बोर्डले जनाएको छ ।
मल कारखाना खोल्नेबारे सरकारले पहल थालेसँगै बाह्य लगानीकर्ता पनि उत्सुक देखिए पनि मल कारखानाको प्रविधिको अन्योल भने उस्तै रहेको लगानी बोर्डले जनाएको छ ।
प्रकाशित मिति: २१:०३ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

