गृहको चेतावनी – गैर कानुनी रुपमा विदेश पठाउने शैक्षिक संस्थालाई कारबाही
काठमाडौं, माघ २४ : गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता वा संस्थाहरु विरुद्ध उजुरी दिन आग्रह गरेको छ ।गृह...
काठमाडौं, माघ २४ : गृह मन्त्रालयले इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता वा संस्थाहरु विरुद्ध उजुरी दिन आग्रह गरेको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्धारण गरेको पक्रिया पूरा नगर्ने, अलपत्र पार्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो वढेको भन्दै त्यस्ता गैर कानुनी रुपमा काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरुविरुद्ध उजुरी दिन आग्रह गरेको हो ।
गैर कानुनी रुपमा काम गरेको संस्थाहरु व्यक्ति उपर सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिनहुन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’
यस्तै इजाजतपत्र नलिई अनधिकृत रुपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधि रुपमा कार्य गर्ने व्यक्तिहरु उपर निगरानी समेत गरिरहेको गृहले चेतावनी दिएको छ ।
यस्तै विद्यार्थीहरुलाई पनि सम्बन्धित देश र उक्त देशको शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनका लागि जान समेत गृहले सुल्झाएको छ ।










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

