Kathmandu Press

देशका विभिन्न स्थानमा गरी ६ जना मृत अवस्थामा फेला

काठमाडौं, माघ २४ : देशका विभिन्न स्थानमा गरी  ६ जना मृत अवस्थामा फेला परेका छन् । रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका ९ बस्ने ५२...
देशका विभिन्न स्थानमा गरी ६ जना मृत अवस्थामा फेला

काठमाडौं, माघ २४ : देशका विभिन्न स्थानमा गरी  ६ जना मृत अवस्थामा फेला परेका छन् । रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका ९ बस्ने ५२ वर्षीय बिने बटाला सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सोही नगरपालिका ९ राडी बजारस्थित विवाहको भोज खान गएका उनी विवाह भएको घर पछाडी त्रिपालमा एक्लै सुतेकोमा उनको शव फेला परेका हुन् ।

यस्तै  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपास्थित शौचालयभित्र सोही ठाउँ बस्ने ३५ वर्षीय कुमार सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यता, कास्कीको पोखरा महानगरपालिका  २१ फुस्रे खोलाको किनार नजिकै चौरमा टेण्ट टाँगेर बस्ने ग.१ त ४८१० नम्बरको ट्याक्टरका सहचालक स्याङ्जा पुतली बजार नगरपालिका ५ घर भएका १७ वर्षीय बिशाल भुजेल टेण्टभित्रै सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यस्तै  महोत्तरीको  बलवा नगरपालिका  १ बन्चौरीस्थित राम जानकी मन्दिरको जग्गामा विगत केही दिनदेखि बस्दै आएकी हाल नाम, थर, नखुलेकी करिब ८० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।  

सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरस्थित माछा पोखरीमा महोत्तरी बलबा नगरपालिका २ बस्ने २७ वर्षीय उदय सदा सोमबार मृत अवस्थामा फेला परे । कालिकोटको महावै गाउँपालिका(४ डिल्लीकोट बस्ने ५८ वर्षीय पृथी रानामगर महावै लेकको लसुनढुंगामा सोमबार नै मृत अवस्थामा फेला परे । 

प्रकाशित मिति: १८:५१ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्