उपत्यकामा दैनिक संक्रमित ५०० भन्दा कम, आज थपिए ४३७ जना
काठमाडौं, माघ २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ३ सय ५०, ललतिपुरमा ५९ र...
काठमाडौं, माघ २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ३ सय ५०, ललतिपुरमा ५९ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभरिमा भने १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै उपत्यकामा सोमबार कुल १९ हजार १०४ जना सक्रिय संक्रमित रहेका छन्।
तीमध्ये काठमाडौंमा ९ हजार ३९६, ललितपुरमा ७ हजार ३६ र भक्तपुरमा २ हजार ६७२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
देशभर सोमबार ४० हजार १११ जना संक्रमित छन्।
प्रकाशित मिति: १७:४१ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)

