Kathmandu Press

थपिए १५७० कोरोना संक्रमित, १३ जनाकाे मृत्यु

काठमाडौं, माघ २२ :  मुलुकभर पछिल्लो २४ घन्टामा १ हजार ५७० कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार...
थपिए १५७० कोरोना संक्रमित, १३ जनाकाे मृत्यु

काठमाडौं, माघ २२ :  मुलुकभर पछिल्लो २४ घन्टामा १ हजार ५७० कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ८७४ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ४९१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको शनिबार मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या पिसिआरतर्फ ९ लाख ६७ हजार ४२७ पुगेको छ भने एन्टिजेनतर्फ १ लाख ३४ हजार ८३२ पुगेको छ।

त्यस्तै निको हुनेको कुल संख्या ९ लाख १५ हजार ४८९ पुगेको छ। त्यस्तै मृत्यु हुनेको कुल संख्या ११ हजार ८२७ पुगेको छ। 

सोमबार देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११ रहेको छ। जसमध्ये ३८ हजार ८८३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्ये २५५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा रहेका छन्।

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्