Kathmandu Press

मुलुकमा शान्ति र सुरक्षा कायम राख्न गृह प्रशासनकाे सुधार आवश्यक : गृहमन्त्री

काठमाडाैं, माघ २४ : गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका छन्।आज (सोमबार) गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना २०७८...
मुलुकमा शान्ति र सुरक्षा कायम राख्न गृह प्रशासनकाे सुधार आवश्यक : गृहमन्त्री

काठमाडाैं, माघ २४ : गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका छन्।

आज (सोमबार) गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना २०७८ को सम्बन्धमा भएको छलफलमा उनले देशमा शान्ति स्थापनाका लागि पनि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन्। द्रुत विकासको चाहनालाई पूरा गर्न देशमा शान्ति आवश्यक रहेको यनको भनाइ थियो।

‘संविधानले दिएको मौलिक अधिकारहरूलाई स्थापित गर्न पनि देशमा शान्ति र सुरक्षाको आवश्यकता छ,’ उनले भने,  ‘गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले देशलाई शान्त र सम्मुन्नत गराउन मद्दत गर्छ। शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ।’

मुलुकमा शान्ति स्थापनाका लागि प्रशासनलाई सुदृढ बनाउन गृह प्रशासन सुधार कार्ययोजना २०७८ को निर्माण गरिएको उनले जानकारी दिए।

अध्यागमन प्रयोग गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको बताउँदै गृहमन्त्री खाणले नेपाल आउने र नेपालबाट जानेको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने भएकले अध्यागमनका गेट आधुनिक हुर्नुपर्नेमा पनि उनले जोड दिए।

रोजगारीका लागि भिजिट भिसामा नेपाली बिदेसिने गरेको र त्यसले गर्दा विभिन्न घटना भइइरहेको स्पष्ट पार्दै उनले सो विषयमा मन्त्रालयहरूले संयुक्त रूपमा गम्भीरतापूर्वक कदम चालिरहेको जानकारी पनि दिए।

प्रकाशित मिति: १७:११ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्