Kathmandu Press

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारकाे निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारकाे निर्णय

काठमाडौं, माघ २४ : सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।

सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सुझाएको थियो। स्थानीय तहको निर्वाचन यथाशीघ्र घोषणा गर्न सरकारमाथि चौतर्फी दबाब थियो।

प्रमुख प्रतिपक्षी दल एमालेले पनि स्थानीय तहको निर्वाचन घोषणा गर्न दबाब दिँदै आएको थियो।  

निर्वाचन आयोगले भने एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो।

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्